बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ। जन्ती बोकेको बस दुर्घटनामा १३ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले एक सूचना जारी गरी शोक बिदा दिएको हो।
सूचनाअनुसार नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरू एक दिन बन्द रहनेछन्।
बिहीबार राति करिब ८ बजे पुर्चौडी नगरपालिका–७ स्थित भौनीबाट दुलही लिएर फर्किँदै गरेको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो। पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।
घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।




















