झापा । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रारम्भिक अग्रता लिएका छन् । कचनकवल गाउँपालिकाको मतगणना सुरु गर्दा लिङदेनले नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलालाई १४ मतले पछाडि पारेका हुन् ।
लिङदेनले २२७ मत ल्याउँदा सिटौलाले २१३ मत ल्याएका छन्। यस क्षेत्रमा ६८. २० प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा ३ मा ६६ हजार ६१ पुरुष र ६५ हजार ३७१ महिला गरी १ लाख ३१ हजार ४३२ मतदाता रहेका छन्। जसमध्ये ८९ हजार ६३७ मत खसेको छ ।


















