काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गर्दै असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको छ।
यातायात विभागमा यातायात व्यवसायी तथा सरोकारवालाबीच भएको संयुक्त बैठकले चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।
अग्रिम टिकट बुकिङ खुला भएसँगै दशैं–तिहार अवधिभर देशभर सञ्चालन हुने सार्वजनिक सवारीसाधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
चाडपर्वका बेला काठमाडौं उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन तथा बाहिरिने सडकमा हुने जाम कम गर्न अत्यावश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौं आवतजावतमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ।
तर खाद्यान्न, औषधि, इन्धन, दूधलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने उक्त प्रतिबन्ध लागू नहुने व्यवस्था गरिएको छ।




















