काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।
मनाङेलाई देउवा समूहका १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले आज पार्टीमा स्वागत गरेका हुन्।
कांग्रेसमा प्रवेश गरेसँगै मनाङेलाई देउवा समूहले १५औँ महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ।
यसअघि देउवा स्वदेश फर्किएकै दिन मनाङे उनलाई भेट्न चुनदेवीस्थित देउवा समूहको सम्पर्क कार्यालय पुगेका थिए।
मनाङे गण्डकी प्रदेशमा मन्त्रीसमेत भइसकेका छन्।




















