सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटनामा माइक्रोबस चालक सप्तरीको कञ्चनरूप नगरपालिका–११ का ३२ वर्षीय आर्यन पोखरेलसहित १२ जना घाइते भएका छन्। घाइते सबै सप्तरीका विभिन्न स्थानका रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको सप्तकोशी न्युरो अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये कञ्चनरूप नगरपालिका–१२ का ५१ वर्षीय बलराम पौडेल उपचारपछि बिहीबार बिहान ९ः३० बजे डिस्चार्ज भएका छन्।
अन्य घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइते:-
१. जिल्ला सप्तरी कन्चनपुर न.पा.वडा नं.११ बस्ने अं. वर्ष ३२ को आर्यन पोखरेल (चालक),
२. ऐ.ऐ. बस्ने अं.वर्ष ७० को दनसलाल चौधरी,
३. जिल्ला सप्तरी कन्चनपुर न.पा.वडा नं.०१ बस्ने वर्ष ४३ को गोबिन्द गुप्ता,
४. ऐ.न.पा.वडा नं.१२ बस्ने अ.वर्ष ५१ को बलराम पौडेल,
५. ऐ.न.पा.वडा नं.११ बस्ने अं.वर्ष २१ की माया भुजेल,
६. ऐ.ऐ.बस्ने बर्ष ६० को असरफि खङ,
७. ऐ.ऐ.बस्ने अं. वर्ष ३० की सुनिता खङ,
८. ऐ.वडा नं.०६ बस्ने अं.वर्ष ३० की पुजा चौधरी,
९. ऐ.फतेपुर न.पा.०१ बस्ने अं.वर्ष ३६ की उर्मिला भुजेल,
१०. ऐ.ऐ.वस्ने अ.वर्ष २१ की उशा भुजेल,
११. जिल्ला सप्तरी कन्चनपुर न.पा.वडा नं.०१ बस्ने अं.वर्ष ४७ की राधा नेपाल,
१२. ऐ.न.पा.वडा नं.०६ बस्ने अं.वर्ष ४० को देवाकान्त चौधरी रहेका छन् ।



















