काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि राष्ट्रपतिले एक महिनाको पारिश्रमिक कोषमा प्रदान गर्ने जानकारी दिएको हो ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग घोषणा भइरहेको छ ।




















