काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री थापाले बिहीबार हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख दीपप्रसाद देवकोटासमक्ष शपथ लिएका हुन्।
नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन्।
उनलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।




















