काठमाडौं । नेपाली बजारमा एकैदिन सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि प्रतितोला २६० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढेर चार हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार ५१२ अमेरिकी डलर र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




















