काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा ढुंगा तथा लेदो सहितको पहिरो खस्दा यातायात प्रभावित भएको छ ।
सडक डिभिजन भरतपुरका अनुसार तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुलमा माथिबाट ढुंगा खस्दा र सिमलतालमा लेदो जम्मा हुँदा सडक एकतर्फी अवरुद्ध भएको छ ।
अवरोध हटाउन उपकरण सहितको टोली परिचालन गरिएको र थप पहिरो नझरे चाडै दुईतर्फी सञ्चालनमा आउने डिभिजन भपरपुरले जनाएको छ ।
पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले यात्रु तथा चालकलाई अनुरोध गरेको छ ।




















