सिरहा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको प्रभाव सिरहामा पनि देखिएको छ। जिल्लाको गोलबजार क्षेत्रमा दुई समूहबीच झडप हुँदा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी भएको छ।
आगोले सबै मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। गोलबजार नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ।
घटनापछि स्थानीय प्रशासनले गोलबजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको भए पनि केही स्थानमा प्रदर्शन जारी रहेको जनाइएको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन प्रहरी तथा अन्य सुरक्षा निकायको उपस्थिति बढाइएको छ।




















