सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा यात्रुवाहक गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
बुधबार करिब पौने १२ बजे सपम्ताबाट गुमीतर्फ जाँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। केही घाइतेको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई थप उपचारका लागि वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न गाडीका चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरू
१.जिल्ला सुर्खेत सिम्ता गा.पा ९ बस्ने बर्ष ४० को गणेश वली टाउकोमा चोट, अवस्था सिरीयस । कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भई रहेको
२.जि.सुर्खेत गुर्भाकोट न.पा.१३ बस्ने बर्ष २३को ममता पुन सामान्य
३. ऐ.बस्ने ममता पुनको छोरा बर्ष ५ को रियाज शाही टाउकोमा चोट, अवस्था सिरियस । माया अस्पताल सुर्खेतमा उपचार भई रहेको ।
४.जि.सुर्खेत सिम्ता गा.पा.९ बस्ने बर्ष ४५ की बिष्णु माया सुनार टाउकोमा चोट, अवस्था मध्यम ।
५.ऐ. बस्ने बर्ष १० को प्रविन सुनार टाउकोमा चोट अवस्था मध्यम ।
६.जि.तनहुँ वतन बताउने बर्ष ३९ की भावना राई टाउकोमा चोट, अवस्था सिरियस ।
७.ऐ.ऐ. निजको छोरा बस्ने बर्ष २ को प्रज्वल राई ढाडमा चोट, अवस्था सामान्य ।मेहेलकुना अस्पताल सुर्खेतमा उपचार भई रहेका घाइते
८.जि.सुर्खेत गुर्भाकोट न.पा.१४ बस्ने बर्ष ३२ की जैसरा बुढा टाउको र मुखमा चोट, अवस्था मध्यम ।
९.ऐ.ऐ. बस्ने बर्ष ६०की भुमिसरा खड्का दायाँ खुट्टामा चोट, अवस्था मध्यम ।
१०.निजको श्रीमान बर्ष ४२ को उदयराम भुजेल टाउको र ढाड, चोट, अवस्था मध्यम ।
११.ऐ.ऐ. बस्ने बर्ष ४५की धनमाया भुजेल बाहिरी चोट नदेखीको अवस्था मध्यम ।
१२.जि.सुर्खेत सिम्ता गा.पा.९ बस्ने बर्ष ३२की टिका खत्री दायाँ हातमा चोट, अवस्था सामान्य ।
१३.ऐ.ऐ.बस्ने बर्ष ६० को भिम ब.थापा बायाँ हातमा चोट, अवस्था मध्यम ।
१४.ऐ.ए. बस्ने बर्ष ५५ की तुलसरा सुनार दायाँ हात ढाडमा चोट, अवस्था मध्यम ।
१५.ऐ.गुर्भाकोट न.पा. १४ बस्ने बर्ष १२ को सक्षम बुढा टाउको खुट्टामा चोट, अवस्था मध्यम ।
१६.ऐ. १२ बस्ने बर्ष १५ की प्रिति गुरुङ टाउकोमा चोट, अवस्था सामान्य ।
१७.ऐ. सिम्ता गा.पा.९ बस्ने बर्ष ३०की शान्ता खत्री शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम ।
१८.ऐ.गुर्भाकोट न.पा.१४ बस्ने बर्ष १७ की भावना आले हातमा चोट, अवस्था सामान्य ।
१९.ऐ. सिम्ता गा.पा.९ बस्ने बर्ष ३०की मनिषा थापा घाटी र दायाँ हातमा चोट,




















