दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीमा निसासिएर दुई जनाको मृत्यु भएको छ।
बुधबार भएको घटनामा मृत्यु हुने दुवै जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा अक्सिजनको मात्रा अत्यन्त कम भएकाले तत्काल शव निकाल्न कठिनाइ भइरहेको छ। आवश्यक सुरक्षा व्यवस्था अपनाएर उद्धार तथा शव निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार मृतकमध्ये एक जना निर्माण ठेकेदार र अर्का एक जना श्रमिक हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















