काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको निवास पुर्याएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईंले विमानस्थलभित्र पत्रकार सम्मेलन गरी सम्बोधन गर्ने तयारी गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो।
प्रहरीका अनुसार निषेधित क्षेत्रभित्र कुनै पनि सार्वजनिक कार्यक्रम गर्न नपाइने भएकाले उनलाई नियन्त्रणमा लिएर घरसम्म पुर्याइएको हो।
प्रसाईंले गणेश नेपालीको न्यायको माग गर्दै विमानस्थलमै विशेष सम्बोधन गर्ने तयारी गरेका थिए। प्रहरीले भने सुरक्षा संवेदनशील क्षेत्र भएकाले त्यहाँ कार्यक्रम गर्न नदिएको जनाएको छ।




















