काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १.४६ अंकले घटेर २७००.६५ विन्दुमा पुगेको थियो।
नेप्से घटेसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा कमी आएको छ।
यसदिन ३५३ स्क्रिप्सको १ करोड ४० हजार १६४ कित्ता सेयर ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ४ अर्ब ४४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
नेप्से परिसूचक दोहोरो अंकले घटे पनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
यसदिन बुंगल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १५ प्रतिशतले घट्यो। अपोलो हाइड्रोपावरको सेयर ११.१२ प्रतिशतले घट्दा सोपान फर्मास्युटिकल्सको ७.०५ प्रतिशतले घटयो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको ३४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
सोपान फर्मास्कुटिकल्सको १८ करोडको कारोबार हुँदा रिलायन्स स्पिनिङ्ग मिल्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १७/१७ करोडको कारोबार गरे।
म्युचुअल फण्डबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।




















