काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ।
पार्टीका अनुसार संसदीय दलको बैठक मंगलबार दिउँसो २ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
त्यसैगरी, केन्द्रीय सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा बस्ने तय भएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछिको विकसित परिस्थिति तथा पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ।
पौडेल पक्राउ प्रकरणपछि उत्पन्न राजनीतिक अवस्थाप्रति पार्टीको धारणा र आगामी कदमबारे समेत बैठकमा निर्णय हुन सक्ने एमाले स्रोतले जनाएको छ।




















