काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । उद्घाटन सत्रको सञ्चालन पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरेका छन् ।
महाधिवेशनको उद्घाटन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, शुभेच्छुक तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनबाट रास्वपाले नयाँ नेतृत्व चयन गर्नेछ । त्यसअघि पार्टीले आफ्नो विधान संशोधन गरिसकेको छ ।
संशोधित विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुने व्यवस्था गरिएको छ । यही महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने रास्वपाले जनाएको छ।




















