धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार ३५ जना सवार यात्रु मध्ये २४ जना घाइते भएको छन् ।
घाइते मध्ये २३ जनाको जिल्ला अस्पताल बाजुरा र एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको बताइएको छ ।
ब्रेक फेल भएर वस दुर्घटना भएको बताइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको एसपी कार्कीले बताएका छन् ।




















