काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ५.०६ अंकले घटेर २७०० विन्दुमा झरेको छ। साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा अडिएको थियो। सो दिन ३ अर्ब ६३ करोड मूल्य बराबरको कारोबार भएको थियो। त्यसअघि सोमबार र मंगलबार दुवै दिन नेप्से परिसूचकले ओरालो यात्रालाई निरन्तरता दिएको थियो।
आज नेप्से घटेसँगै कारोबार रकममा पनि बुधबारको तुलनामा गिरावट आएको छ। यसदिन ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ रुपैयाँमा कारोबार भयो। नेप्से ओरालो लागेपनि दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अपोलो हाइड्रोपावर र सोपान फर्मास्क्यूटिकल्सको सेयर १५ प्रतिशतले बढ्यो।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १२.५३ प्रतिशतले बढ्दा बुंगल हाइड्रोको ८.५६ र भुजुंग हाइड्रोपावरको ६.३० प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३१ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।
युनाइटेड मोदी हाइड्रोपावरले २३ करोडको कारोबार गर्दा सीईडीबी होल्डिङ्गसले १४ करोड र बुंगल हाइड्रोपावरले १२ करोड मूल्य बराबरको कारोबार गरे।
कारोबारमा आएकामध्ये ७७ वटा स्टक्सको मूल्य बढ्दा १८१ वटाको घट्यो। १४ वटा स्टक्सको मूल्य भने स्थिरर रह्यो। पाँचवटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।
बैंकिङ,फाइनान्स,माइक्रो फाइनान्स,म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक घटेका हुन्।




















