काठमाडौं । राहदानी छपाइसम्बन्धी अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ।
अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेमा जर्मनीस्थित मुहलबाउर कम्पनीका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्। उनीहरूविरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ।
यसअघि आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसी लाई पक्राउ गरेको थियो। उनीहरूमाथि अनुसन्धानका लागि चार दिनको म्याद थप भइसकेको छ।
राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा हालसम्म पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ। अख्तियारले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।




















