काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा अडिएको छ।
यसदिन ३५० वटा स्क्रिप्सको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँमा खरिदबिक्री भए।
सेयर बजार दोहोरो अंकले घटेपनि दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको सेयर १४.९९ प्रतिशतले बढ्यो।
कारोबारमा आएकामध्ये ७३ वटा स्टक्सको मूल्य बढ्दा १८८ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। मनु एण्ड प्रो समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। मनु एण्ड प्रो समूहको उपसूचक ०.११ प्रतिशतले बढ्दा अरु समूहको उपसूचक नकारात्मक देखिएका हुन्।




















