काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले ओमानको सामना गर्दैछ।
सिंगापुरमा नेसनल क्रिकेट मैदानमा ओमानले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्दैछ ।
समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीचको खेल सिंगापुरमा पहिलो सेमिफाइनल प्रतिस्पर्धा सुरु भएको हो ।
छनोट चरणका दुवै खेल जित्दै बलियो मनोबलमा रहेको नेपाली टोली ओमानलाई पाखा लगाउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा छ।




















