काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी पुनः डा. श्रीकृष्ण गिरीलाई दिइएको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार उनलाई उक्त जिम्मेवारी दिएका हुन्।
जिम्मेवारी पाएपछि डा. गिरीले आफू आयोगमा उपस्थित भएर कार्यभार सम्हालिसकेको बताएका छन्। उनले अर्को व्यवस्था नभएसम्म उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने जानकारी दिएका छन्।
यसअघि सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश ल्याएपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झासहितका पदाधिकारी पदमुक्त भएका थिए। त्यसयता आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो।
डा. गिरी चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष समेत हुन्। आयोग स्थापना भएपछि पहिलो उपाध्यक्ष बनेका उनले चार वर्षे कार्यकाल पूरा गरेका थिए।




















