काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार मधेस प्रदेशसभामा मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको छ ।
बैठकमा एक सय जना सांसद उपस्थित थिए। मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको पक्षमा आएको मत कूल संख्याको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले स्वीकृत भएको मधेस प्रदेशका सभामुख राम अशिष यादवले घोषणा गरे।
गत वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए ।



















