काठमाडौं । साताको दुई कारोबार दिन (सोमबार र मंगलबार)पछि बुधबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। सोमबार १.०३ अंकले घटेको नेप्से मंगलबार ६ अंकले घटेको थियो।
यसदिन नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेको हो। नेप्सेमा वृद्धि भएसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३ अर्ब ८२ करोड बढीको सेयर कारोबार भयो। मंगलबार ३ अर्ब २ करोड बराबरको कारोबार भएको थियो।
आज ३४६ वटा स्टक्सको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँमा खरिदबिक्री भए। अपर लोहरे खोला हाइड्रोपावरको सेयर १५ प्रतिशतले बढयो। माउन्टेन हाइड्रो नेपालको सेयर ११.८८ प्रतिशतले बढ्दा बुंगल हाइड्रोको ७.५१,शिखर पावर डेभलपमेन्टको ६.१२ र सिटी होटलको ५.९० प्रतिशतले बढ्यो।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक १३.२६ अंकले घट्यो।कारोबार रकमका आधारमा पनि कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो। यसले १८ करोड मूल्य बराबरको कारोबार गर्यो। आँखु खोला जलविद्युत कम्पनीले १७ करोडको सेयर कारोबार गर्दा अपी पावर र रिडी पावरले ११/११ करोडको सेयर कारोबार गरे।
आज १३ वटै समूहको उपसूचक सकारात्मक देखिए।




















