जनकपुरधाम । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ फुटबल ग्राउड नजिकै बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशा हुँदै काठमाडौंबाट काकठभिट्टा जाँदै गरेको बा.प्र.०१–००६ ख ५२३७ नम्बरको बसले ठक्कर दिएपछि दर्घटना भएको हो ।
ओभरटेक गर्ने क्रममा ठोक्किँएर पल्टिँदा वसमा रहेका ३३ यात्रु मध्ये १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बा.प्र.०१–००६ ख ५२३७ न. को बसमा सवार यात्रुहरु घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिएका छन् ।
सो बस प्रहरी चौकी लालगढको नियन्त्रणमा रहेको छ भने घाइतेहरुको मोडल अस्पताल लालगढ धनुषामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्र१–०१–००१ ख ४२२४ न.को बसमा भने ठूलो क्षति नभएकोले गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।




















