काठमाडौँ । मंगलबार सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सुन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने गत मंगलबार २ लाख ९९ हजार ८ सय रुपैयाँ थियो।
यता चाँदीको मूल्य भने घटेको छ। प्रतितोला ३० रुपैयाँले घट्दै चाँदीको भाउ ५ हजार १६० रुपैयाँमा झरेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो भने गत मंगलबार ५ हजार ६५ रुपैयाँ रहेको थियो।




















