काठमाडौं । बिहीबार नेप्से परिसूचकमा ३३.८३ अंकको करेक्सन भएको छ। बुधबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको थियो । सो दिन साढे १० अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेप्से परिसूचक घट्दा कारोबार रकम पनि बुधबारको तुलनामा कमी आएको छ।
यसदिन ३४२ वटा स्क्रिप्सको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर ९ अर्ब ३१ करोड २८ लाख ६० हजार ८०८ रुपैयाँमा खरिदबिक्री भए ।
दोहोरो अंकले घटेको बजारमा पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।रिड्ज लाइन इनर्जी,सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक,होटल फोरेस्ट इन,पाल्पा सिमेन्ट इन्ड्रस्ट्रीज र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
सिन्धु विकास बैंकक सेयर सर्वाधिक ९.४७ प्रतिशतले घट्यो। कारोबारमा आएकामध्ये ३१ वटा स्टक्सको मूल्य बढ्दा २३६ वटाको घट्यो। बाँकी ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्स मिल्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ६१ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। नेसनल हाइड्रोपावरले ५५ करोडको सेयर कारोबार गर्दा एसवाइ प्यानल नेपालको ५१ करोड,सोलु हाइड्रोपावरको ३२ करोड र रिडी पावरको ३१ करोड मूल्य बराबरको सेयर कारोबार भयो। बजारमा उच्च अंकको गिरावट आउँदा १३ वटै समूहको उपसूचक नकारात्मक देखिए।




















