काठमाडौं । यो वर्षको अन्तिम कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स १.४९ अंकले घटेर ४७६.६५ विन्दुमा झरेको छ ।
यसदिन ३४२ स्क्रिप्सको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १०५ वटा स्टक्सको मूल्य बढ्दा १५३ वटाको घट्यो। बाँकी १२ वटा स्टक्सको मूल्य स्थिर रह्यो ।
आज पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सुपर खुदी हाइड्रोपावर,सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक,होटल फरेष्ट इन,पाल्पा सिमेन्ट इन्डस्ट्रीज,रिड्ज लाइन इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ९३ करोड १९ लाख मूल्य बराबरको सेयर कारोबार भयो। रिडी पावरले ४९ करोडको सेयर कारोबार गर्दा रिलायन्स स्पिनिङ मिल्सले ४५ करोड,आँखु खोला जलविद्युतले ३८ करोड र एसवाइ प्यानल नेपालले ३२ करोडको सेयर कारोबार गर्यो।
६ वटा समूहको उपसूचक बढ्दा ७ वटाको घट्यो ।



















