काठमाडौं । प्रतिनिधिसभाका १० विषयगत समितिले पूर्णता पाएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रस्ताव गरेका सबै समितिलाई आज बसेको प्रतिनिधिसभा बैठकले स्वीकृत गरेको थियो।
प्रतिनिधि सभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति छन्।




















