काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त दुई मन्त्रीलाई सपथ गराएका छन् ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादवलाईमन्त्री पदको शपथ खुवाएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले आज नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए । (रासस)




















