काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रतर्फ उडेको मुस्ताङ एयरको हेलिकप्टर शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उक्त हेलिकप्टर शुक्रबार दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको हो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजीकार्य तीव्र पारिएको छ । हेलिकप्टरको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी छैन । सुरक्षा निकायले हेलिकप्टरको लोकेशन पत्ता लगाउने प्रयास जारी राखेका छन् ।




















