काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेसँगै विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर उनले पहिलो निर्णयस्वरूप देशको पछिल्लो आर्थिक अवस्था अध्ययन तथा विश्लेषण गर्न कार्यदल गठन गरेका हुन् ।
उक्त कार्यदललाई यही चैत १३ गते शुक्रबारसम्मको आर्थिक अवस्थाको चित्र तयार पार्ने जिम्मेवारी दिइएको छ ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी बाचापत्रमा उल्लेख गरेका विषयहरू कार्यान्वयन गर्न तथा फागुन २१ मा प्राप्त नयाँ जनादेशअनुसार स्पष्ट कार्ययोजना बनाउन अर्को कार्यदल पनि गठन गरिएको छ ।




















