काठमाडौँ । मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस गोरखाको शहीद लखन गाउँपालिका–३ मा दुर्घटना भएको छ । सो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले जनाए अनुसार घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको छ । घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् । माइक्रोबसमा करिब १४ जना यात्रु सवार थिए ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।




















