धनगढी । १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बुधबार पक्राउ गरिएकाहरुमा भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




















