काठमाडौँ । काठमाडौँ ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी भएका छन् ।
खनालले २७७११ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६६४७ मत प्राप्त गरे ।
नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले २९० मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।
रास्वपाका खनाल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।




















