काठमाडौं । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अशोक कुमार अग्रवाल एनआईसी एसिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन् ।
मिति २०८२/०९/०९ मा बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले सोही मितिदेखि लागू हुनेगरी उक्त पदमा अग्रवाललाई नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन् ।
बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएका छन् ।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने दृढ विश्वास लिइएको बैंकले जनाएको छ ।
























