दाङ । बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली हानी हत्या गरेको अभियोगमा महावीर चौधरी पक्राउ परेका छन्। महावीर लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ भएको प्रहरीले पुष्टि गरेको छ।
बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार महावीरलाई आज बिहान ३ बजे, कैलालीको पैलारी गाउँपालिका–५ बाट पक्राउ गरिएको हो। घटनामा प्रयोग गरिएको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ।
महावीरले मंसिर १९ गते बिहान, बर्दियाको राजापुर–४ स्थित हमार थारु घर रेष्टुरेन्टमा काम गर्दै आएका निरज चौधरीलाई गोली प्रहार गरी हत्या गरेको आरोप छ।

























