जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (आइतबार) शपथग्रहण गर्दै छन् । आज बिहान १०ः३० बजे शपथ लिने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सात दलबीच भएको लामो छलफलले यादवको नाममा सहमति जुटेको थियो । सरकारमा लग्ने मन्त्रीका विषयमा छलफल भइरहेको छ । तत्काल सातै दलबाट एक-एक मन्त्री नियुक्त हुने कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले जानकारी दिए ।
























