काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता चलिरहेको छ।
एमाले अध्यक्ष ओली अहिले देउवालाई भेट्न उनको अस्थायी निवास महाराजगञ्ज पुगेका छन् ।
देउवालाई भेट्न ओली महाराजगञ्ज पुग्दा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का उनकै निवासमा नेताहरूसँग छलफलमा छन् ।
स्रोतका अनुसार शुक्रबारको भेट जेन-जी आन्दोलनमा देउवामाथि भएको गम्भीर आक्रमणपछि पहिलो राजनीतिक संवादका रुपमा भएको हो।
ओली र देउवाबीच महाराजगञ्जमा एक्ला एक्लै वार्ता भइरहेको छ। एमालेबाट महाराजगञ्ज पुगेका अन्य नेताहरूबारे केही खुलेको छैन ।
एमाले अध्यक्ष ओलीनिकट स्रोतहरू अध्यक्ष देउवाको स्वास्थ्यअवस्था बुझ्न उनी महाराजगञ्ज पुगेका हुन् । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि दुई शीर्ष नेताहरू पहिलोपटक भेट भएका हुन् ।
गत भदौ २७ गते विघटित संसद्बारे पनि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा दुई दलका नेताबीच साझा धारणा बनाउने कोसिस भइरहेको छ । यस्तो बेलामा पछिल्लो राजनीतिक घटनाक्रम, दुईवटा निर्वाचन, संसद्बारेको मुद्दासहितका विषयमा दुई नेताबीच छलफल चलिरहेको छ।
दुई नेताबीचको छलफलमा देउवा पत्नी एवम् पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा र ओली पत्नी राधिका शाक्य पनि सहभागी छिन् ।

























