जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका छन्। मधेश प्रदेशसभाबाट राजीनामा घोषणा गरेका मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभलाई राजीनामा बुझाएका हुन्।
रोष्टमबाट विश्वासको मत माग्ने क्रममा आफ्नो वक्तव्य राख्दै उनले राजीनामा दिने घोषणा गरेका थिए ।






















