विराटनगर । विराटनगर–७ स्थित सरस्वती प्लास्टिक उद्योगको पछाडिको क्षेत्रमा आगलागी भएको छ । आगलागी भएको क्षेत्र जलजला मोड नजिक, श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको बजार क्षेत्रमा रहेको प्रहरीले जनाएको छ ।
उद्योग नजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुर जलाउने क्रममा आगो अनियन्त्रित भएको थियो । निजी आवासतर्फ आगो फैलन नदिन विराटनगर महागनरपालिकाको दमकलसहित प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

























