झापा । जेनजी आन्दोलनका क्रममा झापाबाट लुटिएको एक थान बन्दुक र गोली फेला परेको छ । आन्दोलनको क्रममा भदौ २४ गते लुटिएको इन्सास हतियारसहित गोली र म्यागजिन झाडीभित्र बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोल नजिकैको तोरीवारी छेउमा रहेको सिमल तरुलको झाडीमा सो हतियार फेला परेको हो । त्यहाँबाट एक थान इन्सास बन्दुक, एक म्यागजिन, १९ राउन्ड साबुत गोली र २ राउन्ड बेसाबुत गोली बरामद गरिएको झापा प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
उक्त हतियार जेनजी आन्दोलनको समयमा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको थियो ।
डीएसपी खडकाका अनुसार, आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये अहिले सम्म बिर्तामोड र दमक क्षेत्रबाट २२ थान हतियार अझै फेला पर्न बाँकी छन् ।























