काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमहान्याधिवक्ता रमेश बडालले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले अघिल्ला संसद् विघटनका नजिरहरूलाई आधार बनाएर पुनःस्थापनाको सम्भावना रहेको बताएका हुन् ।
“नजिरहरूको आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ । यद्यपि एउटै नजिरले पुग्दैन, तर पछिल्लो विघटनसँग सम्बन्धित नजिरहरूले पनि मार्गदर्शन गर्न सक्छन्,” उनले भने ।
एमालेले यसअघि संसद् विघटन असंवैधानिक रहेको भन्दै सार्वजनिक रूपमा यसको विरोध जनाउँदै आएको छ ।
संसद् विघटनविरुद्ध हालसम्म नौवटा रिट सर्वोच्च अदालतमा दर्ता भइसकेका छन् । ती रिट निवेदनहरूप्रति एमालेले समर्थन रहने जनाएको छ ।
























