काठमाडौं । प्रतिनिधि सभा विघटनपछि तय भएको आगामी निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्न लागेको छ ।
फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा आयोगले बिहान ११:३० बजे प्रमुख राजनीतिक दलहरूसँग संवाद गर्ने कार्यक्रम तय गरेको हो ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार छलफलका लागि प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २८ राजनीतिक दलहरूलाई निमन्त्रणा पठाइसकिएको छ ।

























