काठमाडौँ । वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको सात ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
विभिन्न सडकका पाँच स्थानमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ।
संखुवासभाको भोटखोला र मकालुमा कोसी राजमार्ग, इलामको इलाम नगरपालिका-९ मा मेची राजमार्ग, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका-११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ।
त्यसैगरि सिन्धुलीको सुनकोसी गाउँपालिका-१ नेपालथोकमा पनि पहिरोले सडक अवरुद्ध अवस्थामा छ।
त्यसैगरि आज धनकुटाको पाख्रिवास नगरपालिका-५ मा मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँघुरीगढी गाउँपालिकामा कोसी लोकमार्गमा एकतर्फी गाडी चलेका छन्।
त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका-८ बगुवा खोलास्थित कान्ती लोकपथ, मकवानपुरकै बकैया गाउँपालिका- ११ घट्टेपाखामा पनि सवारी साधन एकतर्फी गुडिरहेका छन्।
सिन्धुलीको मरिण गाउँपालिका- २ सिन्दुरेस्थित मदन भण्डारी राजमार्ग पनि आज एकतर्फी बन्द भएको छ।
एकतर्फी बन्द भएका सडकमा चापमा गाडी चरिहेका प्रहरीले जनाएको छ ।


























