काठमाडौं । जेनजी पुस्ता (सन् १९९७–२०१२ बीच जन्मिएका) का प्रतिनिधिहरूले सोमबार बिहान ९ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई आवश्यक अनुमति प्रदान गरिसकेको छ।
प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार भोलि निषेधित क्षेत्र बाहेकका स्थानमा शान्तिपूर्ण प्रदर्शनमा रोक छैन ।
उनले आवश्यक परे प्रहरीको संख्या बढाउन सकिने पनि उल्लेख गरे ।
जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आफ्ना विचार प्रकट गर्न केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन्।
यसैबीच जेनजी पुस्ताले भोलि माइतीघरमा शान्तिपूर्ण आन्दोलन आयोजना गर्ने तयारी गरेको बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि समर्थनसहित सहभागी हुने जनाएपछि आन्दोलन आयोजक पक्षले ‘नट अलाउड’को ब्यानर देखाउने निर्णय गरेका थिए ।
त्यसपछि बैठककै क्रममा, दुर्गा प्रसाईंले एक जेन जेड प्रतिनिधिलाई फोन गरेर आफू आन्दोलनमा उपस्थित नहुने जानकारी दिएकाे बुझिएको छ ।
























