काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको सम्बन्ध कुनै तेस्रो देशविरुद्ध लक्षित नभएको स्पष्ट पारेका छन्।
पाकिस्तानको भ्रमणमा रहेका वाङले बिहीबार इस्लामाबादमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारसँगको भेटपछि बोलेका थिए। उनले भारत–चीनबीचको सहकार्यले अन्य कुनै मुलुकलाई असर नगर्ने उल्लेख गरे।
वाङले भने, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएका भन्सार शुल्कको प्रभाव समयसँगै देखिनेछ। तर यसले भारत–रूस मित्रतालाई बलियो बनाएको छ र चीनसँगको सम्बन्धमा पनि केही हदसम्म सुधार ल्याएको छ।”
वाङ यी हालै भारतको नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरी त्यसपछि अफगानिस्तान हुँदै पाकिस्तान पुगेका छन् ।

























