काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युदबारेमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसहितका नेतासँग बैठक गरेका छन्।
उनले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, बेलायतका प्रधानमन्त्री कियर स्टार्मर, जर्मनीका फ्रिडरिख मर्ज र नाटो महासचिव मार्क रुट् लगायतका नेताहरूसँग पनि ह्वाइट हाउसमा अत्यन्तै राम्रो बैठक भएको बताएका छन्।
बैठकको अन्त्यमा उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरे। उनले पुटिन र जेलेन्स्कीबीच हुने बैठकको तयारी थालिएको जानकारी दिएका छन्। उक्त बैठकपछि दुई राष्ट्रपति र आफू सहभागी हुने त्रिपक्षीय सम्मेलन आयोजना गरिने उनले बताएका छन्।
ट्रम्पले यसलाई झण्डै चार वर्षदेखि जारी युद्धलाई अन्त्यतर्फ लैजाने प्रारम्भिक कदम भनेका छन्। उनले उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विट्कफ रूस र युक्रेनसँग सक्रिय समन्वयमा रहेको जानकारी दिएका छन्। (एजेन्सी)

























