काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे आइतबार बस्ने गरी बैठक तय भएको जानकारी दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने वैठकमा पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थिति हुन भनिएको पौडेलले बताएका छन् ।

























