काठमाडौं । सोमबार रातिदेख अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग १५ घण्टापछि संचालनमा आएको छ ।
राजमार्गको काभ्रे स्थित माप्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो । सोमबार रातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि सफल हुन सकेको थिएन ।
गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । काभ्रे प्रहरीका अनुसार अहिले डाइभर्सन बनाएर साना सवारी साधन संचालन गरिएको छ भने बिस्तारै ठूला सवारी साधन पनि संचालन हुनेछन् ।
सोमबार राति ९ बजेदेखि सो राजमार्ग अवरुद्ध भएको थियो । सोमबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र पनि डुबानमा परेको थियो ।